जेनजीलाई ओलीको सन्देश: व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने विश्वास राखेको छु



बिजमाण्डू
२०८२ भदौ २५ गते २१:१५ | Sep 10, 2025
जेनजीलाई ओलीको सन्देश: व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने विश्वास राखेको छु
फाइल फोटो

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको भावनामाथि राजनीतिक खेलबाड भएको बताएका छन्। आफू अहिले नेपाली सेनाको सुरक्षामा शिवपुरीमा रहेको भन्दै ओलीले जेनजीले प्रदर्शनका क्रममा हिंसात्मक घटना नगरेको तथा अरु कसैले गरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

‘दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन,’ ओलीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

सिंहदरवार, सर्वोच्च अदालत, संसद् लगायत सरकारी कार्यालयमा षडयन्त्रपूर्वक आगो लगाइएको ओलीले बताएका छन्। ‘देशका महत्त्वपूर्ण रेकर्ड भएका कार्यालयहरूमा आगजनी गर्ने, कारागारबाट कैदी छोड्ने जस्ता गतिविधि यत्तिकै भएका होइनन्। यी सबै पछाडि गहिरो षड्यन्त्र लुकेको छ,’ सन्देशमा भनिएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा आन्दोलन गर्न पाइएको तर अरु व्यवस्थामा त्यो सम्भव नभएको उनको भनाइ छ। नयाँ सरकार गठन संविधानभित्रै हुनेमा आफू आशावादी रहेको ओलीले सन्देशमा उल्लेख गरेका छन्। ‘यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु,’ उनले भनेका छन्।