जेनजीमाथि दमन गरेका ओलीले सत्ता नछाड्दा देशभर फैलियो आन्दोलन, राजीनामा माग्दै प्रदर्शन



बिजमाण्डू
२०८२ भदौ २४ गते ११:०३ | Sep 9, 2025
जेनजीमाथि दमन गरेका ओलीले सत्ता नछाड्दा देशभर फैलियो आन्दोलन, राजीनामा माग्दै प्रदर्शन

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेनजीमाथि सरकारको बर्बरतापछि देशका विभिन्न स्थानमा आन्दोलन चर्किएको छ।भ्रष्टाचार र कुशासनको विरुद्धमा स्वस्पूर्त सडकमा आएका जेनजीको प्रदर्शनमा प्रहरीले गोलि चलाउँदा सोमबार साँझसम्म १९ जनाको मृत्यु भएको छ।

Tata
GBIME
Nepal Life

विभिन्न अस्पतालमा साढे तीन सयभन्दा बढीको उपचार भइरहेको प्रारम्भिक विवरणहरु अस्पतालले सार्वजनिक गरेका छन्। आन्दोलनमा निहत्था नागरिकमाथि सरकारले बरबर्ता प्रदर्शन गरेपछि मेचीदेखि महाकालीसम्म विभिन्न स्थानमा सरकार विरुद्ध नाराबाजी र प्रदर्शन भइरहेको हो।

काठमाडौं जिल्ला प्रशासनले लगाएको कर्फ्यू आदेशकाबीच मंगलबार संसदभवन अगाडी ‘हाम्रा सन्तान फिर्ता दे, संसद भवन खाली गर’ नाराबाजीसहित प्रदर्शन भइरहेको छ।

उपत्यकामा कलंकी, बानेश्वर लगायतका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ। उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेका छन्।

कर्फ्यू आदेशको बेवास्ता गर्दै ललितपुर, भक्तपुरका विभिन्न ठाउँमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरिरहेका हुन।

विराटनगर, इटहरी, धनगढी, महेन्द्रनगर लगायतका स्थानहरुमा सरकार विरुद्ध आन्दोलन चर्किएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवासमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरिरहेका छन्। सञ्चार मन्त्री पृथ्वीुब्बा गुरुङ निवासमा आगजनी भएको छ।