एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोहोरिए सुदेश खालिङ, ४ वर्षका लागि पुन: नियुक्त



बिजमाण्डू
२०८२ भदौ २२ गते १३:५४ | Sep 7, 2025
एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोहोरिए सुदेश खालिङ, ४ वर्षका लागि पुन: नियुक्त

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुदेश खालिङ पुन: नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकको आइतबार बसेको संचालक समिति बैठकले खालिङलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो। खालिङको थप ४ वर्षे कार्यकालको जिम्मेवारी असोज ८ गतेदेखि लागू हुनेछ।

खालिङसँग साढे तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ। उनी एभरेष्ट बैंकमा पहिलो नेपाली सीइओ हुन्। एभरेष्टअघि खालिङ सिटिजन्स बैंकको संचालक थिए।

त्यसअघि लक्ष्मी बैंकको सीइओका रुपमा काम गरेको अनुभव उनीसँग छ। खालिङ लक्ष्मी बैंकको मुख्य जोखिम अधिकृतको जिम्मेवारीसहित कार्यकारी उपाध्यक्षबाट प्रमुख कार्यकारी बनेका थिए।

लक्ष्मी बैंकअघि खालिङले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सूचना अधिकृतका रुपमा काम गरेका थिए। खालिङसँग बैंकिङ जोखिममा समेत काम गरेको लामो अनुभव छ।