सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, प्रति तोला १६०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि वृद्धि



बिजमाण्डू
२०८२ भदौ २२ गते ११:३८ | Sep 7, 2025
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, प्रति तोला १६०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि वृद्धि

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा केही दिनयता निरन्तर नयाँ रेकर्ड बनिरहेको छ। सुनको भाउ आइतबार प्रति तोला १६०० रुपैयाँ बढेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार सुनको भाउ प्रति तोला २ लाख १२ हजार रुपैयाँ निर्धारण जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो। गत शुक्रबार सुन प्रति तोला २५०० रुपैयाँ महँगिएको थियो।

चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ। चाँदीको भाउ प्रति तोला १० रुपैयाँ बढेर २ हजार ५०० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ३५८६.७६ डलर पुगेको छ। यो एकै दिनमा ३७.४६ डलरको बढोत्तरी हो। एक महिनामा सुनको मूल्य १६१.८६ डलर बढिसकेको छ। चाँदी पनि बढेर ४१.०६ डलर प्रति औंस भएको छ।