सुरु भयो इन्द्रजात्रा : हनुमानढोकामा ठड्याइयो य:सिं, साँझ उपाकु (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८२ भदौ १९ गते १२:३६ | Sep 4, 2025
सुरु भयो इन्द्रजात्रा : हनुमानढोकामा ठड्याइयो य:सिं, साँझ उपाकु (तस्विरहरु)

काठमाडौं । हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं ठड्याएसँगै आजबाट विधिवत् रुपमा येँया: (इन्द्रजात्रा) सुरु भएको छ। 

Tata
GBIME
Nepal Life

भक्तपुरको यसिगुँबाट तानेर हनुमानढोका पुर्‍याइएको य:सिंलाई आज बिहान शुभ साइतमा इन्द्रध्वज फहराएर ठड्याइएको हो।

त्यसअघि हनुमानढोकास्थित डबलीमा किलागलको दी प्याखं प्रस्तुत गरिएको थियो। मजिपा लाखे आजु, सवभक्कु, पुलुकिसी लगायतका नाचहरु भने आज बेलुकीबाट सुरु हुनेछन्। 

आजै दिवंगत आफन्तहरुको सम्झनामा पाल्चामा बत्ती बालेर ‘उपाकु’ जाने गरिन्छ। इन्द्रचोकमा रहेको आकाश भैरव,  हनुमानढोकामा रहेको हाथु द्य (श्वेत भैरव) को मूर्तिलाई सार्वजनिक रुपमा प्रदर्शन गर्ने गरिन्छ। मरुमा भन बन्धनमा कैद इन्द्र प्रदर्शन गर्ने गरिन्छ। 

भदौ २१ गते ‘क्व:नेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमत:’ ल्याउने परम्परा रहेको छ। 

भदौ २२ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। भदौ २५ गते नानिचा यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।