सेयर बजार दोहोरो अंकले घट्यो, नेप्से २७४१.८९ विन्दुमा आइपुग्दा ४.४३ अर्बको कारोबार



बिजमाण्डू
२०८२ भदौ १७ गते १५:३९ | Sep 2, 2025
सेयर बजार दोहोरो अंकले घट्यो, नेप्से २७४१.८९ विन्दुमा आइपुग्दा ४.४३ अर्बको कारोबार

काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से सूचक मंगलबार १९.८९ अंकले घटेर २७४१.८९ अंकमा पुगेको छ। कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन्।

Tata
GBIME
Nepal Life

व्यापार उपसमूहको सूचक सबैभन्दा बढी १.९७ प्रतिशतले घटेको छ। सेयरमूल्य घट्दा २२१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य सर्वाधिक ७.४७ प्रतिशतले ओरालो लागेको छ।

२९ कम्पनीको सेयर मूल्य बढेको छ। बजारमा २९ कम्पनीको सेयर मूल्य बढेको छ। हिमस्टार ऊर्जा कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले पोजेटिभ सर्किट स्तरमा बढेको छ।

बजारमा ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल रिइन्स्योरेन्सको सर्वाधिक २२ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख र युनियन हाइड्रोपावरको १४ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।