कोरोना प्रकोप : कतारमा नेपाली कामदार जोखिममा, उच्च सतर्कता अपनाउन दूतावासको अपिल



बिजमाण्डू
२०७६ फागुन २७ गते ११:४७ | Mar 10, 2020

काठमाडौं। नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस संक्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

Tata
GBIME
Nepal Life

दूतावासले सोमबार सूचना प्रकाशित गरी अत्यावश्यक अवस्थामा बोहक भेटघाट नगर्न आग्रह गरेको हो। कतार सरकारले अपनाएको सतर्कता र संवदेशनीलतालाई मध्यनजर गर्दै भौतिक सम्पर्क नराख्न र टेलिफोन तथा इमेलमार्फत सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ।

दूतावासबाट प्रवाह हुने सेवाका बारेमा जानकारी लिन परेमा नियोगमा उपस्थिति हुनु नपर्ने गरी व्यवस्था मिलाइएको छ। कोरोना संक्रमणका विषयमा सम्बन्धित निकायबाट थप जानकारी प्राप्त हुनासाथ सबैलाई सूचित गराइने दूतावासले जनाएको छ। कतारमा करिब चार लाखको संख्यामा नेपाली कार्यरत रहेको सरकारको तथ्यांक छ।

कतार सरकारको जनस्वास्थ्य मन्त्रालयलद्वारा प्रकाशित पछिल्लो तथ्यांकअनुसार तीन आप्रवासीसहित १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतारले नेपाललगायत विभिन्न १४ मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई सोमबारदेखि अस्थायी रोक लगाएको छ।

बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, उत्तर कोरिया, श्रीलंका र थाइल्याण्डका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाइएको कतारको सरकारी सञ्चार कार्यालयले जनाएको छ।