काठमाडौं। भारतीय दुई पाङ्ग्रे ब्रान्ड एथरले स्कुटर उत्पादनका लागि नयाँ प्लेटफर्म बनाउने भएको छ। कम्पनीले नेक्स्ट जेनेरेसन स्कुटरका लागि ईएल प्लेटफर्म निर्माण गर्ने भएको हो।
कम्पनीले यो प्लेटफर्ममा निर्माण गरिने ईएल ०१ स्कुटर पनि देखाएको छ। शनिबार ब्याङ्लुरुमा गरिएको एथर कम्युनिटी डेमा ईएल प्लेटफर्म र ईएल०१ स्कुटर देखाइएको हो।
यो प्लेटफर्मले स्कुटरलाई भर्सटाइल बनाउनुका साथै मूल्य घटाउन सहयोग पुर्याउने कम्पनीले जनाएको छ। यो प्लेटफर्म ४५० सिरिजको पहिलो न्यु भेहिकल आर्किटेक्चरमा आधारित हुनेछ।
यो प्लेटफर्ममा मल्टिपल स्कुटर पनि उत्पादन गर्ने सकिन्छ।
कम्पनीले अगस्टसम्म आइपुग्दा बजारमा आफ्नो हिस्सा १७ प्रतिशत पुर्याएको बताएको छ। नेपालमा पनि एथरको बजार हिस्सा बढिरहेको छ।
यो प्लेटफर्ममा १५ प्रतिशत छिटो एसेम्बल र २ गुणा छिटो पिरियोडिक सर्भिसिङ गर्न मिल्छ।

कम्पनीले स्कुटरको कन्सेप्ट पनि देखाएको छ। मोटरसाइकलको जस्तो डाइनामिकमा तयार पारिएको स्कुटरमा पोस्चर बेस्ड ट्रान्स्फरमेसन, मोर्फयूआई इन्टरफेस र अल्ट्रा फास्ट एक्सिलेरेसन फिचर छ।
एथरले एथरस्ट्याक ७.० पनि अनावरण गरेको छ। जसमा भारतीय भाषा अनुसार भ्वाइस कन्ट्रोल पनि उपलब्ध हुनेछ। कम्पनीले नेक्स्ट जेनेरेसन फाष्ट चार्जर पनि ल्याएको छ। यसले १० मिनेट चार्ज गर्दा ३० किलोमिटर रेन्ज दिन्छ।










