ललितपुरका केही क्षेत्रमा आगामी आइतवारसम्म दिनभर बत्ती नहुने, फीडर अपग्रेड गरिँदै



बिजमाण्डू
२०७६ फागुन २२ गते १३:३४ | Mar 5, 2020
ललितपुरका केही क्षेत्रमा आगामी आइतवारसम्म दिनभर बत्ती नहुने, फीडर अपग्रेड गरिँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। ललितपुरको पुल्चोक वितरण केन्द्रबाट वितरण हुने ११ केभी फिडरका लाइन आइतवारसम्म दिनभर काटिने भएको छ। वितरण व्यवस्थापन सुधार्न काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

पाटन-फर्पिङ वितरण केन्द्रबाट वितरण भइरहेको लाइन फागुन २२, २४ र २५ गते बिहान १० देखि साँझ ६ बजेसम्मै अवरुद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ।

उक्त फिडरबाट लाइन लिएका फर्सीडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल र खोलाखेत लगायतका क्षेत्रमा शुक्रबार एक दिन लाइन आएपनि आइतवारसम्म लगातार दिनभर विद्युत आपूर्ति अवरुद्ध हुनेछ। प्राधिकरणले उक्त क्षेत्रमा ११ केभी फिडरबाट विद्युत आपूर्ति गर्दै आएको छ। उक्त फिडर अपग्रेड गर्नका लागि तीन दिन विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।

लामो समयसम्म दिनभर विद्युत आपूर्ति नहुने हुँदा दिउँसोको समयमा गर्दै आएका अत्यावश्यक काम रातको समयमै गरिसक्न पनि प्राधिकरणले ग्राहकलाई आग्रह गरेको छ।