आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै, राष्ट्रिय विज्ञान प्रयोगशाला विधेयकमा छलफल हुने



बिजमाण्डू
२०८२ भदौ ८ गते ०६:४८ | Aug 24, 2025
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै, राष्ट्रिय विज्ञान प्रयोगशाला विधेयकमा छलफल हुने
File Photo

काठमाडौं । संघीय संसद् विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। समितिको बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ।

Tata
GBIME
Nepal Life

सो विधेयक २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो। सो विधेयकमाथि २०८१ फाुगन ४ गते सामान्य छलफल भएको थियो। सोही दिन नै समितिमा दफावार छलफलका लागि पठाइएको थियो।

जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्दतिको प्रयोगद्वारा प्रमाणको संकलन गर्न प्रयोगशाला स्थापना गरिनेछ।

प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।