.jpg)
काठमाडौं। माघ लागेपछि बैंकिङ प्रणालीबाट निक्षेप हराउँदै गएको छ। पुस मसान्तमा ३० खर्ब ६० अर्ब रुपैयाँ रहेको निक्षेप माघ १७ गतेसम्म ३० खर्ब ४५ अर्बमा झरेको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, माघमा निक्षेप घटेर ३० खर्ब ३६ अर्बसम्ममा आइपुगेको थियो। अघिल्लो साता एकै पटक १० अर्बले बढेपछि ३० खर्ब ४५ अर्बमा उक्लिएको हो।
ऋण बिस्तार पनि पुस मसान्तको तुलनामा ४ अर्बले मात्र बढेको छ। माघ दोस्रो साताबाट भने ऋण लगानी केही बढेर २७ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। एक सातामै ऋण ८ अर्बले बढेको हो। पुस मसान्तमा २७ खर्ब ३१ अर्बमा रहेको ऋण बीद्बमा २७ खर्ब १५ अर्बमा झरेको थियो।
नयाँ आर्थिक बर्ष लागेपछि बैंकहरुको निक्षेप १ खर्ब ६७ अर्ब रुपैयाँले बढेको छ। ऋण बिस्तार भने निक्षेपको तुलनामा ७० अर्ब रुपैयाँ बढि छ। अर्थात ऋण २ खर्ब ३७ अर्ब रुपैयाँले बढेको छ।










