‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्रान्ड’ एक्स्पो भदौ दोस्रो साता ललितपुरमा, मसाज नि:शुल्क



बिजमाण्डू
२०८२ साउन ३० गते १३:३९ | Aug 15, 2025
‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्रान्ड’ एक्स्पो भदौ दोस्रो साता ललितपुरमा, मसाज नि:शुल्क

काठमाडौं। थाइल्याण्डले नेपालमा ‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्रान्ड’ एक्स्पो गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंस्थित थाइल्याण्डको राजदूतावासले भदौ १३, १४ र १५ गते ललितपुरको द प्लाजामा एक्स्पो गर्न लागेको जानकारी दिएको हो।

राजदूत सुवापोङ सिरिसोर्नले थाइल्याण्ड र नेपालबीचको व्यापार बढाउने उद्देश्यले एक्स्पो गर्न लागेको बताए।

उनका अनुसार ४० हजार हारहारी नेपाली हरेक वर्ष थाइल्याण्ड जाने गरेका छन्। त्यति नै संख्यामा थाइ पर्यटक नेपाल आउने गरेका छन्। एक्स्पोले पर्यटकको संख्या वृद्धिमा सहयोग पुग्ने राजदूतले बताए।

‘एक्सपोमा हजारौं वर्ष पुरानो थाई पोसाकदेखि आधुनिक पोसाकसम्मको इतिहास देखाइनेछ। ५ देखि १० मिनेट नि:शुल्क मसाजको सेवा पाइनेछ,’ उनले भने। एक्स्पोमा थाइल्याण्डका २० भन्दा बढी व्यवसायीले सहभागिता जनाउनेछन्।

एक्स्पोमा प्रवेश नि:शुल्क हुनेछ। एक्स्पोमा सहभागी हुनेमध्ये एक जनाले बैंकक जाने अवसर पाउने छन्।