एनआईसी एसिया बैंकको ऋणपत्र-२०९१ दोस्रो बजार कारोबारका लागि नेप्सेमा सूचीकृत



बिजमाण्डू
२०८२ साउन २८ गते १६:२३ | Aug 13, 2025
एनआईसी एसिया बैंकको ऋणपत्र-२०९१ दोस्रो बजार कारोबारका लागि नेप्सेमा सूचीकृत

काठमाडौं। एनआईसी एसिया बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। दोस्रो बजार कारोबारका लागि सूचीकृत भएको हो।

Tata
GBIME
Nepal Life

नेप्से र बैंकबीच १० वर्ष अवधिको ‘७% एनआईसी एसिया डिबेञ्चर २०९१’ सूचीकरण सम्झौता बुधबार भएको नेप्सेले जनाएको छ।

बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र अंकित मूल्य १,००० रुपैयाँमा ५० लाख कित्ता निष्कासन गरेको थियो।

बैंकको ऋणपत्र बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।