राष्ट्रिय सतर्कता केन्द्रको स्थापना दिवसमा ओली : सुशासन महाअभियान सञ्चालन गर्न आवश्यक



बिजमाण्डू
२०८२ साउन २७ गते १३:४५ | Aug 12, 2025
राष्ट्रिय सतर्कता केन्द्रको स्थापना दिवसमा ओली : सुशासन महाअभियान सञ्चालन गर्न आवश्यक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सुशासन महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले मंगलबार राष्ट्रिय सतर्कता केन्द्रको २४औं स्थापना दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा प्रवाहमा कुनै कमजोरी हुन नहुने बताए।

उनले स्वच्छता, पारदर्शिता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै क्रियाशील हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा मुख्यसचिव, प्रधानसेनापति, सबैजसो सचिव, सुरक्षा निकायका प्रमुख समेत सहभागी थिए।