काठमाडौं। गोगोरोले नाइमामा १ लाखको ‘बाई ब्याक ग्यारेन्टी’ अफर ल्याएको छ। गोगोरोको नेपालको लागि आधिकारिक बिक्रेता नेब्युला इनर्जीले उक्त अफर सार्वजनिक गरेको हो। उक्त अफर दसैंसम्म लागू हुने कम्पनीको भनाइ छ।
कम्पनीले नाइमा एक्स्पोमा आफ्नो स्कुटर किन्नेहरूलाई ५ वर्ष वा ४० हजार किलोमिटर भित्र स्कुटर फिर्ता गर्दा न्यूनतम १ लाखको ‘बाई ब्याक ग्यारेन्टी’ प्रदान गर्ने जानकारी दिएको छ।
गोगोरो स्कुटरमा ब्याट्री स्वाप प्रविधि भएकाले बाई ब्याक ग्यारेन्टी दिन सकेको कम्पनीले जनाएको छ।
यस्तै, स्कुटर खरिद गर्दा ७ हजार छुट पाइनेछ। अन्य स्कुटर अथवा बाइक गोगोरोको स्कुटर एक्सेन्ज गर्दा न्यूनतम मूल्याकंन २५ हजार र थप १५ हजार दिने कम्पनीले बताएको छ।
नेब्युला इनर्जीले हाल नेपालमा प्लस, जीएक्स २५० क्रसओभर र जेगो स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले काठमाडौं उपत्यकाका ४५ स्थानमा स्वापिङ स्टेशन संचालनमा ल्याइसकेको छ।











