दिवंगत आफन्तको सम्झनामा सापारु,‌ काठमाडौंको वसन्तपुरमा गाईजात्राको तस्बिर



सुशील श्रेष्ठ
२०८२ साउन २५ गते १२:४० | Aug 10, 2025
दिवंगत आफन्तको सम्झनामा सापारु,‌ काठमाडौंको वसन्तपुरमा गाईजात्राको तस्बिर

काठमाडौं। उपत्यकामा आज गाईजात्रा मनाइँदै छ। हरेक वर्ष नेवार समुदायले दिवंगत आत्माको चीर शान्तिका लागि गाईजात्रा मनाउने चलन छ।

Tata
GBIME
Nepal Life

काठमाडौंको वसन्तपुर क्षेत्रमा बिहानैदेखि गाईजात्रामा सहभागी हुने मानिसहरूको भीड लागेको छ। बालबालिकादेखि युवा, वृद्धवृद्धासम्म यसमा सहभागी छन्।

गाईजात्रा विशेषगरी आफ्ना परिवारका सदस्य गुमाएका परिवारले मनाउने गर्छन्। उनीहरूले दिवंगत आत्माको सम्झनामा गाईको आकारमा बनाइएका संरचना लिएर सहर घुमाउने चलन छ।

आज काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिएको छ। जसका कारण काठमाडौं, ललितपुर र भक्तपुरका बासिन्दाले जात्रामा सहज रूपमा सहभागिता जनाएका छन्।

गाईजात्रालाई दिवंगत व्यक्तिको आत्माको शान्तिका लागि मात्र नभइ समाजमा रहेका विकृति र विसंगतिप्रति व्यङ्ग्य गर्ने अवसरका रूपमा पनि लिने गरिन्छ।