काठमाडौं। दुई पांग्रेमा नेपालका लागि नयाँ ब्रान्ड प्युजो नाइमा एक्स्पोमा देखिएको छ। अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इंकले प्युजोका स्कुटर नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखेको हो।
कम्पनीले नाइमा एक्स्पोमा प्युजोका प्रिमियम स्कुटर स्पीडफाइट ४ र डीजांगो मोडल नाइमामा राखेको छ। नेपाली बजारका लागि नौलो भए पनि फ्रेञ्च कम्पनी प्युजो संसारका पुराना मोटरसाइकल कम्पनीहरुमध्ये एक हो।
प्युजो डीजांगोमा १२५ सीसीको सिंगल सिलिन्डर इन्जिन छ। उक्त इन्जिनले १०.६ हर्ष पावर प्रदान गर्छ भने ९.३ एनएम टर्क प्रदान गर्छ। यसको मूल्य कम्पनीले ५ लाख ७० हजार रुपैयाँ तोकेको छ।
त्यस्तै, अर्को स्कुटर स्पीडफाइट ४ मा १५० सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन छ। जसले १२.५ हर्ष पावर प्रदान गर्छ भने १३.२ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले यसको मूल्य ६ लाख ३२ हजार रुपैयाँ तोकेको छ।
अग्नि मोटो इंकले जावा र यज्दी मोटरसाइकल पनि नेपाली बजारमा बिक्री गर्दै आएको छ।











