जलस्रोत विधेयकमा राष्ट्रिय सभाको विधायन समितिले गर्‍यो संशोधन, १४ वटा बैठकपछि पारित



बिजमाण्डू
२०८२ साउन २१ गते २०:२५ | Aug 6, 2025
जलस्रोत विधेयकमा राष्ट्रिय सभाको विधायन समितिले गर्‍यो संशोधन, १४ वटा बैठकपछि पारित

काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक संशोधनसहित पारित गरेको छ।

Tata
GBIME
Nepal Life

समितिले बुधबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई बोलाएर छलफल गरी विधेयक पारित गरेको हो।

समितिका सभापति तुलसा कुमारी दाहालले १४ वटा बैठक राखेर गहन छलफलपछि विधेयक परिमार्जनसहित पारित गरेको जानकारी दिइन्। समितिले विधेयकमाथिको प्रतिवेदन अब राष्ट्रिय सभामा पेस गर्नेछ।

जलस्रोतको दिगो विकास, न्यायोचित उपयोग, संरक्षण, लाभ बाँडफाँड, जलउत्पन्न विपद् न्यूनीकरण तथा बाँध सुरक्षालाई सुनिश्चित गर्न भन्दै सरकारले यो विधेयक ल्याएको हो। सरकारले २०८१ जेठ ३२ गते संसद्मा दर्ता गराएको विधेयक प्रतिनिधि सभाले गत जेठ ५ गते पारित गरेको थियो।