युक्रेनी एयरलाइन्सको विमान इरानमा दुर्घटना, सबै १८० यात्रुको निधन भएको पुष्टी



बिजमाण्डू
२०७६ पुष २३ गते १०:०४ | Jan 8, 2020

Tata
GBIME
Nepal Life

अपडेट

इरानको तहरानमा दुर्घटनामा भएको युक्रेनी एयरलाइन्सको एक विमानमा रहेका सबै जनाको मृत्यु भएको छ।

इरानियन स्टुडेन्ट न्यूज एजेन्सी (इसना)ले विमानमा सवार सबै जनाको मृत्यु भएको जनाएको हो। हाल शव संकलन गर्ने कार्य भइरहेको जनाइएको छ।

बोइङ ७३७ मा चालक दलका सदस्य र १८० यात्रु रहेको बताइएको छ। यद्यपि, आधिकारिक संख्या भने सार्वजनिक हुन बाँकी रहेको बताइएको छ।

तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमा नै विमान दुर्घटनामा परेको हो। विमान बिहान ५ बजेर १५ मिनेटमा युक्रेनको राजधानी केइभस्थित बोरिस्पिल विमानस्थलसम्म उडान गर्ने तालिका थियो। तर उक्त विमान बिहान ६ बजेर १२ मिनेटमा मात्रै उडेको थियो।

इरानले इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेको केही घण्टापछि यो दुर्घटना भएको हो। तर विमान दुर्घटनासँग मिसाइल आक्रमणको कुनै सम्बन्ध नरहेको बताइएको छ।

इरानको अर्धसरकारी समाचार संस्था आइएसएनले प्राविधिक कारणले विमान दुर्घटनामा परेको उल्लेख गरेको छ। इसराले सार्वजनिक गरेको भिडियोमा विमान जमिनमा ठोक्कएपछि ठूलो आगलागी भएको देखिएको थियो।

 

युक्रेनी एयरलाइन्सको एक विमान दुर्घटनामा परेको छ। इरानको तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटनामा परेको हो।

 टेकअफको केही समयभित्रै विमान दुर्घटनामा परेको हो। बोइङ ७३७ मा चालक दलका सदस्य र १८० यात्रु रहेको बताइएको छ। 

दुर्घटनाको क्षतिको विवरण आइनसकेको समाचार एजेन्सीहरुले जनाएका छन्। विमानले युक्रेनको राजधानी किवको बोरिस्पिल विमानस्थलसम्म  उडान गर्दै थियो। 

इरानको अर्धसरकारी समाचार संस्था आइएसएनले प्राविधिक कारणले विमान दुर्घटनामा परेको उल्लेख गरेको छ। घटनाको पूर्ण विवरण आइसकेको छैन।