सुनसरीको भन्टाबारीमा हजार दरका ३८ थान नक्कली नोट बरामद, दुई युवक पक्राउ



बिजमाण्डू
२०८२ साउन २१ गते १३:०६ | Aug 6, 2025
सुनसरीको भन्टाबारीमा हजार दरका ३८ थान नक्कली नोट बरामद, दुई युवक पक्राउ

काठमाडौं। कोशी ब्यारेजनजिक सप्तरीका दुई युवक नक्कली नोटसहित पर्काउ परेका छन्। सुनसरीको कोशी गाउँपालिका-८ भन्टाबारीबाट नेपाली एक हजार रुपैयाँ दरका ३८ वटा नक्कली नोट बरामद भएको हो।

Tata
GBIME
Nepal Life

मंगलबार मध्यरात लुम्बिनी अञ्चलको नम्बर प्लेट भएको मोटरसाइकललाई प्रहरीले भन्टाबारीमा रोकेको थियो। लु९२प २३८० नम्बरको उक्त मोटरसाइकल पछाडि बसेका सप्तरी हनुमान कंकालिनी-१ का २५ वर्षीय राजेश चमारको साथबाट ३८ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

नक्कली नोट फेला परेपछि उनीसँगै मोटरसाइकल चालक २५ वर्षका राजेश रजकलाई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय भन्टाबारीले इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरी पठाएको छ।

दुवै युवक र नक्कली नोटका विषयमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।