एनपीएल अक्सनमा तीन क्याटागोरीका १५० खेलाडी, ‘ए’ मा आदिलसहित ८ खेलाडी



बिजमाण्डू
२०८२ साउन २१ गते १२:२७ | Aug 6, 2025
एनपीएल अक्सनमा तीन क्याटागोरीका १५० खेलाडी, ‘ए’ मा आदिलसहित ८ खेलाडी
एनपीएल ट्रफी। फाइल फोटो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा १५० खेलाडीको फाइनल भएको छ। शनिबार हुने अक्सनका लागि १५० खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले फाइनल गरेको हो। अक्सनका लागि ४५८ खेलाडीले नाम दर्ता गरेका थिए।

Tata
GBIME
Nepal Life

‘ए’ क्याटागोरीमा ८ जना खेलाडी छन्। यसमा लामो समय प्रतिबन्धका कारण मैदान बाहिर रहेका मोहम्मद आदिल आलम ‘ए’ क्याटागोरीमा छन्। उनीसँगै ‘ए’ क्याटागोरीमा विभिन्न टोलीबाट रिलिज भएका खेलाडी छन्। यसमा अलराउण्डर आदिलसँगै सुनम गौतम, शरद भेषवाकर र पवन सर्राफ छन्। त्यस्तै, ब्याट्सम्यानमा अर्जुन साउद, दीलिप नाथ र देव खनाल छन्। बलरमा सूर्य तामाङ छन्।

त्यस्तै, ‘बी’ क्याटागोरीमा ३५ जना खेलाडी छन्। यसमा अर्जुन कुमाल, युवराज खत्री, रित गौतम, शेर मल्ल, मौसम ढकाल, हेमन्त धामीजस्ता खेलाडीहरु छन्।

‘सी’ क्याटागोरीमा १०७ खेलाडी छन्। यसमा अभिनास कर्ण, राजु रिजाल, रौनक श्रीवास्तव, दीपक डुम्रे, अभिषेक तिवारी जस्ता खेलाडी छन्। राष्ट्रिय टोलीमा पछिल्ला वर्षहरुमा खेलिरहेका अधिकांश खेलाडीलाई यसअघि नै टोलीहरुले रिटेन गरिसकेका छन्।

रिटेन भएका खेलाडी

सुदूरपश्चिम रोयल्स:  दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अभिनास बोहरा, इशान पाण्डे र नरेन साउद

चितवन राइनोज: कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला, गौतम केसी

लुम्बिनी लायन्स: रोहितकुमार पौडेल, विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेश गौतम

जनकपुर बोल्ट्स: आशिफ शेख, अनिल शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार, तुलबहादुर थापा मगर

विराटनगर किंग्स: सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसीर अहमद, सुवास भण्डारी, नरेन भट्ट

कर्णाली याक्स: सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, युनिस विक्रमसिंह ठकुरी, विपिन शर्मा

पोखरा एभेन्जर्स: कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दीनेश खरेल, तृतराज दास

काठमाडौं गोर्खाज: करण केसी, शाहब आलम, भीम सार्की, राशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ