नाइमामा कायी एक्स३ प्रो इभीको मूल्य ९ लाख घट्यो, अब ३९.९६ लाख रुपैयाँ उपलब्ध हुने



बिजमाण्डू
२०८२ साउन २० गते १४:३७ | Aug 5, 2025
नाइमामा कायी एक्स३ प्रो इभीको मूल्य ९ लाख घट्यो, अब ३९.९६ लाख रुपैयाँ उपलब्ध हुने

काठमाडौं । नेपालमा कायी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटी नेपालले ‘कायी बबाल अफर’ सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

यो योजना अन्तर्गत कायी एक्स३ प्रो इभी फ्ल्यागसिप टप भेरियन्टमा अफरहरु घोषणा गरिएको छ। यो विशेष अफरमा भारी छुट र अन्य आकर्षक सुविधाहरू समावेश रहेको कम्पनीले जनाएको छ।

सीमित अवधिको लागि घोषणा गरिएको अफर अन्तर्गत कायी एक्स३ प्रो इभी फ्ल्यागशिप टप भेरियन्टको सुरुवाती मूल्य ४८.९६ लाखबाट घटाएर ३९.९६ लाखमा उपलब्ध हुने जनाइएको छ।

यसका साथै ग्राहकले ७.३ किलोवाटको चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको सर्भिसिङ र एउटा स्पेयर टायर पनि पाउनेछन्। यो भारी छुट र अफरले एक्स३ प्रो इभी टप भेरियन्टलाई यसको सेगमेन्टमा उत्कृष्ट मूल्यको इलेक्ट्रिक एसयूभी बनाएको कम्पनीको दाबी छ।

यो विशेष मूल्य नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ। भृकुटीमण्डपमा हुने अटो शोको स्टल ए२, हल ए (प्रवेश गर्ने बित्तिकै दाहिनेपट्टिको पहिलो स्टल) मा गएर यो गाडीबारे बुझ्न सकिने कम्पनीले जनाएको छ।

कायी एक्स३ प्रो इभी फ्ल्यागसिप टप भेरियन्ट सेगमेन्टमा उत्कृष्ट ‘भ्यालु फर मनी’ एसयूभी रहेको छ। जसमा १२०/९९ किलोवाटको मोटर, आधुनिक विशेषतासहितको आकर्षक र प्रिमियम डिजाइन, आरामदायी र फराकिलो इन्टेरियर, उत्कृष्ट ड्राइभिङको अनुभव, सुरक्षित र ध्यान भंग नहुने गरि ड्राइभिङका लागि फिजिकल बटनहरू, १८३ मिमि ग्राउन्ड क्लियरेन्स र पानोरमिक मुनरुफ पनि रहेको छ।

अटो होल्ड फिचर भएको यो गाडीमा लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ भने ७.३ किलोवाटको चार्जर र स्पेयर ह्विल पनि रहेको छ।

यो गाडी नाइमासँगै नक्साल, थापाथली, बिर्तामोड, नेपालगंज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर र वीरगंजमा रहेका आधिकारिक काईयी शोरुमहरूमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।