सेयर बजार ६३.७३ अंकले घटेर २८५८ विन्दुमा, १३ अर्ब ७ करोडको कारोबार



बिजमाण्डू
२०८२ साउन १८ गते १५:३८ | Aug 3, 2025
सेयर बजार ६३.७३ अंकले घटेर २८५८ विन्दुमा, १३ अर्ब ७ करोडको कारोबार

काठमाडौं। सेयर बजारमा उच्च गिरावट आएको छ। नेप्से परिसूचक आइतबार ६३.७३ अंकले ओरालो लागेर २८५८.९० विन्दुमा आइपुगेको छ।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका सबै उपसमूहकले बजार घटाएका हुन्। अन्य उपसमूहको सूचक सर्वाधिक ३.४८ प्रतिशतले घटेको छ। यस्तै, माइक्रो फाइनान्स ३.०५, उत्पादन तथा प्रशोधन क्षेत्र २.४३, बैंकिङ २.२७ र इन्भेष्टमेन्टको सूचक २.१९ अंकले ओरालो लागेको छ।

२३३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सान्भी इनर्जी र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सूचकमा नेगेटिभ सर्किट लागेको छ।

१६ कम्पनीको मूल्य बढेको छ। ट्रेड टावर र शिभ श्री हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजारमा १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको सेयर किनबेच हुँदा नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ७५ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख र हिमालयन डिष्ट्रिलरीको ५८ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।