काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनीज (नास-आइटी)ले साइबर सुरक्षा समिति गठन गरेको छ।
देशको डिजिटल क्षेत्रलाई सुरक्षित, सुदृढ र भविष्यका लागि तयार बनाउन सहयोग पुर्याउने उद्देश्यले समिति गठन गरिएको संस्थाले जनाएको छ।
समितिमा साइबर सुरक्षा विज्ञ र नास-आइटीका सदस्य कम्पनीका प्रतिनिधि छन्।
देशको डिजिटल प्रणाली र तथ्यांकको सुरक्षा गर्दै विश्वव्यापी बजार प्रवर्धनमा सहयोग पुग्ने रणनीति तर्जुमाका लागि भनेर गठन गरिएको समितिमा भैरव टेक्नोलोजी सेक्युरिटी प्रालिका विजय लिम्बु सेनिहाङलाई प्रमुख बनाइएको छ।
यस्तै बिज सर्भ आईटीका घनश्याम ओली, एमिनेंस वेज प्रालिका प्रज्वल गौतम, लगपोइन्टका रोशन पोखरेल र जेनेस सोलुसनका सम्पन्न श्रेष्ठ सदस्य छन्।










