उन्नति सहकार्य लघुवित्तको खुद नाफा सवा ५ करोड, प्रति सेयर आम्दानी २१.२४ रुपैयाँ



बिजमाण्डू
२०८२ साउन १६ गते ११:१२ | Aug 1, 2025
उन्नति सहकार्य लघुवित्तको खुद नाफा सवा ५ करोड, प्रति सेयर आम्दानी २१.२४ रुपैयाँ

काठमाडौं। उन्नति सहकार्य लघुवित्तले गत आर्थिक वर्ष ५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। खुद नाफामध्ये ४ करोड ८ लाख रुपैयाँ वितरणयोग्य नाफा हो।

Tata
GBIME
Nepal Life

ब्याज आम्दानी उच्च दरले बढ्दा लघुवित्तको नाफा धनात्मक भएको हो। अघिल्लो वर्ष लघुवित्तको खुद नाफा ९४ लाख रुपैयाँले ऋणात्मक थियो।

गत वर्ष उन्नति सहकार्यको ब्याज आम्दानी ५२.३७ प्रतिशतले बढेर २७ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष लघुवित्तले १७ करोड ७४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

लघुवित्तको कर्जा नोक्सानी भने बढेको छ। गत वर्ष लघुवित्तले १ करोड ९१ लाख रुपैयाँ कर्जा नोक्सानी गरेको छ।

खराब कर्जा बढ्दा कर्जा नोक्सानी बढेको हो। लघुवित्तको खराब कर्जा अघिल्लो वर्ष ३.०३ प्रतिशत रहेकामा गत वर्ष बढेर  ४.७३ प्रतिशत पुगेको छ। लघुवित्तको पुँजीकोष अनुपात ८.३७ प्रतिशत छ।

लघुवित्तको प्रति सेयर आम्दानी २१.२४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १४८.२१ रुपैयाँ छ।