काठमाडौं । सामसङले ग्यालेक्सी एम सिरिजमा नयाँ ग्यालेक्सी एम३६ फाइभजी नेपालमा सार्वजनिक भएको छ। भेलभेट ब्ल्याक र सिरिन ग्रिन रंगमा यी स्मार्टफोन नेपालमा आजदेखि उपलब्ध हुनेछन्।
८ जीबी र्याम र १२८ जीबी रोम भेरियन्टको एम३६ फाइभजीलाई नेपालमा ३६ हजार ९९९ रुपैयाँ पर्नेछ। त्यस्तै ८ जीबी र्याम र २५६ जीबी रोम भेरियन्टको मूल्य ४१ हजार ९९९ रुपैयाँ पर्नेछ।
यो स्मार्टफोनमा गुगलसँगको सर्कल टु सर्च र जेमिनी लाइभ जस्ता फिचरहरु उपलब्ध हुनेछ। तस्बिर चिन्ने होस् वा एआइ असिस्टेन्टसँग लाइभ कुराकानी गर्न यो स्मार्टफोनमा सहज हुने कम्पनीले जनाएको छ।
७.७ एमएम पातलो यो फोन कर्निङ गोरिल्ला ग्लास भिक्टस प्लासबाट सुरक्षित छ। ६.७ इन्चको एफएचडी प्ल्स सुपर एमोलेड स्लीमबेजल डिस्प्ले, १२०एचजेट रिफ्रेश रेट र भिजन बुस्टर टेक्नोलोजीसहित यो फोनले घाममा पनि क्लियर भिजुअल प्रदान गर्ने कम्पनीले जनाएको छ।
एम३६ फाइभजीमा ५० एमपी ओआइएस ट्रिपल क्यामेरा छ। यसले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिरहरू खिच्छ। यसको अगाडि र पछाडि दुवै क्यामेरामा ४के भिडियो रेकर्डिङ सपोर्ट छ। साथै फोटो रिमास्टर र अब्जेक्ट इरेजर जस्ता फिचर पनि छन्।
यो फोनमा एक्सनोज १३८० (५एनएम) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ। यसमा ५ हजार एमएएच ब्याट्री र २५ वाट फास्ट चार्जिङ छ।
६ वर्षको सुरक्षा अपडेट र ६ जेनेरेशनसम्मको एन्ड्रोइड अपग्रेड ग्यारेन्टीका साथ आउने यो फोनमा वान युआइ ७ मा चल्ने क्लीनर होम स्क्रिन, अपडेटेड विगेट्स र नाउ बार जस्ता नयाँ फिचरहरू पनि छन्।











