नेपालमाथि फराकिलो जित निकाल्दै बंगलादेश बन्यो साफ महिला यू-२० को च्याम्पियन



बिजमाण्डू
२०८२ साउन ५ गते २०:५३ | Jul 21, 2025
नेपालमाथि फराकिलो जित निकाल्दै बंगलादेश बन्यो साफ महिला यू-२० को च्याम्पियन
प्रतिस्पर्धामा नेपाल र बंगलादेशका खेलाडी

काठमाडौं। बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ। बंगलादेशको ढाकामा आज सम्पन्न फाइनल सरहको खेलमा घरेलु टोलीले नेपालमाथि ४-० गोलको प्रभावशाली जित निकाल्दै च्याम्पियन बनेको हो।

Tata
GBIME
Nepal Life

बसुन्धरा किंग्स एरेनामा सम्पन्न खेलको पहिलो हाफमा एक गोलले अघि रहेको बंगलादेशले दोस्रो हाफमा तीन गोल थप्यो। बंगलादेशको जितमा सबै गोल मोसमत सागोरिकाले गरिन्। खेलको ८ औँ मिनेटमै अग्रता दिलाएकी उनले दोस्रो गोल ५१ औँ मिनेटमा गरिन्। त्यस्तै ५७ औँ मिनेटमा ह्याट्रिक गोल गरिन्। त्यस्तै, ७७ औँ मिनेटमा चौथो गोल गर्दै उनले नेपालमाथिको प्रभावशाली जित निकाल्न बंगलादेशको लागि महत्वपूर्ओ खेलाडी बनिन्।

६ खेल खेल्दा शतप्रतिशत जित निकालेको बंगलादेश १८ अंकसहित शीर्षस्थानमा रहँदा समान खेलबाट ४ खेल जितेको नेपाल १२ अंकसहित उपविजेता बन्यो। डबल राउण्ड रोबिनमा नेपालको दुबै हार बंगलादेशसँग रह्यो। त्यस्तै ६ अंकसहित भुटान तेस्रो बन्दा अंकविहीन श्रीलंका पुछारमा रह्यो।

नेपालको नतिजा

  • नेपाल ६-१ भुटान
  • नेपाल २-३ बंगलादेश
  • नेपाल ७-० श्रीलंका
  • नेपाल ७-० श्रीलंका
  • नेपाल ८-० भुटान
  • नेपाल ०-४ बंगलादेश