काठमाडौं। नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्।
सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले ११ जना प्रहरीलाई एसपीमा बढुवा गरेको हो। बढुवा सिफारीको पहिलो नम्बरमा डिएसपी अनिल कुमार खड्का रहेका छन्। उनले ८९.०४ अंक प्राप्त गरेका छन्।
त्यस्तै, क्रमश: डिएसपीहरु महेश थापा, दिपेन्द्र पजियार, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, सुनिल मल्ल, भुवनेश्वर प्रसाद साह र दिपक खड्का बढुवा सूचीमा रहेका छन्।











