महिन्द्राको नयाँ गाडी भिजन एसएक्सटीको टिजर सार्वजनिक, लाइनअपमा अन्य मोडलहरु



बिजमाण्डू
२०८२ साउन २ गते ११:०९ | Jul 18, 2025
महिन्द्राको नयाँ गाडी भिजन एसएक्सटीको टिजर सार्वजनिक, लाइनअपमा अन्य मोडलहरु

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले नयाँ गाडी भिजन एसएक्सटी एसयुभीको टिजर सार्वजनिक गरेको छ। टिजरमा गाडीको डिजाइनको झलक देख्न सकिन्छ।

Tata
GBIME
Nepal Life

टिजरमा बोनट र फेन्डरहरुमा प्लास्टिकको क्ल्याडिङ पनि देख्न सकिन्छ। नयाँ गाडीलाई अफ-रोड एसयुभीको रुपमा प्रस्तुत गर्न खोजिएको छ।

भिजन एसएक्सटीमा रग्ड डिजाइन गरिएको छ। जुन भिजन टी र थार ब्रान्डको एउटा हिस्सा हुने अनुमान गरिएको छ।

भिजन एसएक्सटीको कन्सेप्ट अगस्ट १५ मा देखाउने तयारी कम्पनीको छ। यो गाडी महिन्द्राको नयाँ प्लेटफर्म पेट्रोल, डिजल, हाइब्रिड र अल इलेक्ट्रिक पावरट्रेनमा उत्पादन हुनेछ।

नयाँ टिजरमा गोलाकार ग्रिल र सेमि-सिल्ड हेडलाइटहरु देख्न सकिन्छ। भिजन एसएक्सटीमा देखिएका डिजाइन विवरणहरु भिजन टीसँग मिल्दोजुल्दो छन्। क्रिज गरिएको तर फ्लाट बोनेट डिजाइन पनि प्रस्तुत गरिएको छ।

टिजरले गाडी अफ-रोड क्षमताहरुमा संकेत गर्दै सस्पेन्सन पनि देखाएको छ।

यसैबीच, भारतीय अटोमेकर महिन्द्राले देशमा धेरै अपडेटेड मोडेलहरु लन्च गर्ने तयारी गरिरहेको छ। लाइनअपमा एक्सयुभी७०० को नयाँ भेरियन्ट, साथै बोलेरो, बीई राल-ई र अन्य नयाँ गाडीहरु ल्याउने तयारी गरिरहेको छ।