नेपाल लाइफको ऐतिहासिक रेकर्ड, २५ वर्षमा १० अर्ब प्रथम बीमा शुल्क आर्जन



बिजमाण्डू
२०८२ असार ३२ गते १२:११ | Jul 16, 2025
नेपाल लाइफको ऐतिहासिक रेकर्ड, २५ वर्षमा १० अर्ब प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औं वर्षमाआइपुग्दै गर्दा १० अर्ब‍ प्रथम बीमा शुल्कआर्जन गरेको छ। कम्पनीले यसलाई नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड भएको जनाएको छ।

Tata
GBIME
Nepal Life

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन गर्ने संचालक समितिका अध्यक्ष तथा संचालक, बीमा गर्ने बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी,नियामक निकाय र अन्य सम्पूर्ण सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गरेका छन्।

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्ने मा कम्पनी विश्वस्त रहेको जनाइएको छ।

नेपाल लाइफले हाल प्रविधिमैत्री प्रणालीहरुको अधिकतम प्रयोग गर्दै समयानुकूल इनोभेटिभ प्रोडक्टहरु ल्याउने कार्य गरिरहेको जनाएको छ।

यस्तै, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने रणनीति कम्पनीको छ। यसका लागि कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरु संचालन गर्ने कम्पनीले जनाएको छ।