बैंक तथा वित्तीय संस्थाले घटाए ब्याजदर, कर्जा झनै सस्तिने, छोटो अवधिको मुद्दतीमा २.७५ प्रतिशतसम्म



आकाश बोगटी
२०८२ असार ३२ गते ०९:०० | Jul 16, 2025
बैंक तथा वित्तीय संस्थाले घटाए ब्याजदर, कर्जा झनै सस्तिने, छोटो अवधिको मुद्दतीमा २.७५ प्रतिशतसम्म

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएका छन्। साउन १ गतेदेखि लागू हुनेगरि वित्तीय संस्थाहरुले ब्याजदर घटाएका हुन्। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएसँगै बैंकले साउन महिनामा निक्षेपको ब्याजदर घटाएका हुन्।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशतलाई २.७५ प्रतिशतमा झारेसँगै बैंकहरु बचत र छोटो अवधिको मुद्दतीको ब्याजदर २.७५ प्रतिशतमा झारेका छन्।

यसअघि निक्षेप संकलन दर ३ प्रतिशत हुँदा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर ३ प्रतिशत तल आउन सकेको थिएन। ब्याजदरको नयाँ सूची बैंकहरुले बुधबार प्रकाशित गरेका छन्।

राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदर र नीतिगत दर ०.५० प्रतिशत विन्दु तथा निक्षेप संकलन दरलाई ०.२५ प्रतिशत विन्दुका दरले घटाएको छ। जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बचत र मुद्दती निक्षेपको न्यूनतम २.७५ प्रतिशत झारेका छन्।

वित्तीय संस्थाहरुले घटाएको निक्षेपको ब्याजदर लागत कम भइ आधार दर घटेर कर्जा अझै सस्तिने छ। जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ७.९९ प्रतिशत छ।

पछिल्लो दुई डेढ वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउदै आइरहेका छन्।

वाणिज्य बैंकहरुको मुद्दतीको अधिकतम ब्याज?

बैंकहरुवैशाखजेठअसारसाउन
नबिल५.७५५.७५५.७५५.५०
नेपाल इन्भेष्टमेन्ट मेगा६.५५.५५.५५.२५
माछापुच्छ्रे५.५०
हिमालयन५.५६.२५६.२५
नेपाल एसबिआई५.५५.५५.५५.३५
एभरेष्ट६.६१६.६४६.५५६.२५
एनआईसी एसिया६.६६.६६.५५६.२५
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२५६.२५६.२६
लक्ष्मी सनराइज५.७५५.७५५.७५५.५०
कुमारी५.९२५.९१५.५१५.४१
सिद्धार्थ५.७५५.७५५.७५
सानिमा५.९५६.३३६.३३६.१८
एनएमबि६.६६.६
प्रभु६.१६.१६.१४.२५
ग्लोबल आइएमई
सिटिजन५.६५५.६५५.६५५.५०
प्राइम कमर्सियल६.२५६.२५६.२५
कृषि विकास५.५१५.५१५.४५५.४०
नेपाल बैंक५.१५५.४५५.४५५.४०
राष्ट्रिय वाणिज्य बैंक५.५०
स्रोत : वाणिज्य बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरण