कृषि संरचनाको धितो बैंक आफैँले मूल्यांकन गरी १० लाखसम्मको कर्जा प्रवाह गर्न पाउने



बिजमाण्डू
२०८२ असार २७ गते १४:२० | Jul 11, 2025
कृषि संरचनाको धितो बैंक आफैँले मूल्यांकन गरी १० लाखसम्मको कर्जा प्रवाह गर्न पाउने

काठमाडौं। कृषि संरचनाको धितो बैंक आफैँले मूल्यांकन गरी १० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिने भएको छ।

Tata
GBIME
Nepal Life

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैँले मूल्यांकन गरी १० लाखसम्मको कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको हो।

यसरी प्रवाह हुने कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानीको व्यवस्था हुने भएको छ।

‘बैंक तथा वित्तीय संस्थाहरूले खाद्यान्न, बाली, पशुपंछी, माछापालन लगायत कृषि व्यवसायसँग सम्बन्धित कार्यका लागि व्यक्ति वा व्यावसायिक फर्मलाई फसल तथा उत्पादनको प्रकृतिसँग तालमेल हुने गरी विभिन्न अवधि र प्रकृतिका कर्जा प्रवाह गर्नसक्ने व्यवस्थालाई थप सरलीकरण गर्दै कार्यान्वयनको प्रभावकारी अनुगमन गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ।

त्यस्तै, नेपाल कृषि अनुसन्धान परिषद् नार्कले सिफारिस गरेको जातका कृषि उपजहरूको उत्पादन अभिवृद्धि गर्ने उद्देश्यका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जामा सहजीरण गरिने भएको छ।