अमेरिका जान पाइने लोभमा १ करोड ९ लाख ५० हजार गुम्यो, ठगीका आरोपित पक्राउ



बिजमाण्डू
२०८२ असार २४ गते १६:०५ | Jul 8, 2025
अमेरिका जान पाइने लोभमा १ करोड ९ लाख ५० हजार गुम्यो, ठगीका आरोपित पक्राउ

काठमाडौं। अमेरिका पठाइदिने, त्यहाँ सजिलै राम्रो जागिर लगाइदिने प्रलोभनमा परेका दुई जनाको १ करोड ९ लाख ५० जना रुपैयाँ गुमेको छ। ठगीमा संलग्नलाई प्रहरिले काठमाडौं र दाङबाट पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्ने ताप्लेजुङ मिक्वाखोला-५ का ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर-५ बस्ने रूकुम पश्चिमको त्रिवेणी-४ का ५४ वर्षीय स्वर्णिमकुमार बाँठा रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ।  

पक्राउमध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट ४० लाख रूपैयाँ र स्वर्णिमले अर्का एकबाट ६९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो। त्यसका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले मिङमाडुण्डुलाई काठमाडौं-६ बाट र स्वर्णिमलाई तुलसीपुर-५ बाट पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।