हिम स्टार ऊर्जाको आइपीओमा आवेदन खुला, सर्वसाधारणलाई ७ करोड ७३ लाखको



बिजमाण्डू
२०८२ असार २४ गते १०:५४ | Jul 8, 2025
हिम स्टार ऊर्जाको आइपीओमा आवेदन खुला, सर्वसाधारणलाई ७ करोड ७३ लाखको

काठमाडौं। हिम स्टार ऊर्जा कम्पनीले आइपीओमा आवेदन खुला गरेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि मंगलबारदेखि सेयरमा आवेदन खुलाएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर छुट्याएको छ। हिम स्टारले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर खुलाएको हो।

लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँमा असार २७ गतेसम्म १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल छ।

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

आइपीओ जारी गर्नका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस दिएको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

चालु आर्थिक वर्ष चैतसम्म कम्पनी २१ लाख ५० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ। प्रति सेयर आम्दानी शून्य छ भने प्रति सेयर नेटवर्थ ९९.१८ रुपैयाँ छ।