बैंककबाट त्रिभुवन विमानस्थल उत्रिएका एक भारतीय यात्रु ६.५ किलो सेतो हेरोइनसहित पक्राउ



बिजमाण्डू
२०८२ असार २३ गते ११:२१ | Jul 7, 2025
बैंककबाट त्रिभुवन विमानस्थल उत्रिएका एक भारतीय यात्रु ६.५ किलो सेतो हेरोइनसहित पक्राउ

काठमाडौं। थाइल्याण्डबाट नेपाल आएका एक हवाई यात्रु साढे ६ किलो सेतो हेरोइनसहित पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा टी७३८८९३५ नम्बरको भारतीय राहदानीवाहक ६५ वर्षीय राकेश वहाब छन्।

Tata
GBIME
Nepal Life

गत शनिबार राति थाइ एयरको टीजी ३०९ नम्बरको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई लागु औषध नियन्त्रण ब्युरोको शाखाले हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरुको आपराधिक गतिविधि निगरानीका क्रममा पक्राउ गरेको हो। उनले ल्याएको लगेज जाँचका क्रममा लुकाएर ल्याएको अवस्थामा लागुऔषध सेतो हेरोइन ६.५ किलोग्राम बरामद भएपछि पक्राउ गरिएको प्रहरीद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

यस्तै प्रहरीले आइतबार मोरङको रंगेली-८ बाट लागुपदार्थ ओसारपसार आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार अररिया कुर्साकाटा टाँवाबारीकी ४५ वर्षीया हसिना खातुन, रंगेली-८ का ३८ वर्षीय सुशील बुढाथोकी र ५४ वर्षीय कृर्तानन्द ठाकुर छन्। उनीहरुबाट ४०० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

धरपकडका क्रममा प्रहरीले हवाई फायर पनि गरेको थियो। तीनै जनालाई विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। दुवै घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।