कालोधनबारे पूर्णबहादुरलाई अर्थमन्त्रीको जवाफ : यो गम्भीर कुरा हो, देश कालोसूचीमा पर्छ



बिजमाण्डू
२०८२ असार २० गते १३:२५ | Jul 4, 2025
कालोधनबारे पूर्णबहादुरलाई अर्थमन्त्रीको जवाफ : यो गम्भीर कुरा हो, देश कालोसूचीमा पर्छ

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले कालोधनलाई सुनपानी छर्किन कांग्रेस सांसद पूर्णबहादुर तामाङले गरेको प्रस्ताव निक्कै गम्भीर खालको भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले शुक्रबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा संसद्‍मा यस्तो विषयमा छलफल हुँदा देश फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को कालोसूचीमा पर्ने जोखिम औंल्याए।

‘गैरकानुनी आर्जन गरेकाे पैसा खुला गराैं भन्ने बहस सिरियस खालकाे छ। हामी ग्रे-लिस्टबाट निस्कने कुरा गरिरहेका छाैं। याे कुरा संसद‍्‍मा छलफल भयाे भन्ने उनीहरूलाई थाहा भयाे भने पनि कालाे सूचीमा पर्छाैं,’ उनले भने।

त्यसअघि कांग्रेस सांसद तामाङले दुई नम्बरी गरेर कमाएको पैसालाई सरकारले भ्याट लिएर वैध बनाउन दिनुपर्ने बताएका थिए।