महालक्ष्मी विकास बैंकले फोन पेसँगको साझेदारीमा ल्यायो भर्चुअल क्रेडिट कार्ड



बिजमाण्डू
२०८२ असार १५ गते १०:५७ | Jun 29, 2025
महालक्ष्मी विकास बैंकले फोन पेसँगको साझेदारीमा ल्यायो भर्चुअल क्रेडिट कार्ड

काठमाडौं। महालक्ष्मी विकास बैंकले फोन पेसँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

ग्राहकले ‘महालक्ष्मी स्मार्ट साथी’ एपमा महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याजरहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ। यो सेवाअन्तर्गत हाल प्रचलनमा रहेको भौतिक क्रेडिट कार्ड आवश्यक नपर्ने भएकोले कार्ड बोकेर हिड्नुपर्ने झन्झटको अन्त्य हुने बैंकले बताएको छ।

‘सेवाको थालनीसँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई ५०० रुपैयाँसम्मको विशेष क्यासब्याकको अफर समेत ल्याएकोले ग्राहकहरूलाई अझ फाइदाजनक हुनेछ,’ बैंकको विज्ञप्तिमा उल्लेख छ।

महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने पहिलो विकास बैंक बनेको छ। यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ।