नेपालको कसिलो बलिङमा चलेन स्कटल्याण्डको ब्याटिङ, पहिलो जितका लागि ९८ रनको लक्ष्य



बिजमाण्डू
२०८२ असार ३ गते २१:२८ | Jun 17, 2025
नेपालको कसिलो बलिङमा चलेन स्कटल्याण्डको ब्याटिङ, पहिलो जितका लागि ९८ रनको लक्ष्य
नेपाली खेलाडीको विकेट सेलिब्रेसन। तस्बिर: क्यान

काठमाडौं। स्कटल्याण्डले नेपालसामू ९८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्याण्डको ग्लास्गोमा जारी टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज जारी खेलमा सुरुवाती ब्याटिङ गरेको घरेलु टोलीले १९.४ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो।

Tata
GBIME
Nepal Life

टिटवुड स्टेडियममा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। उनको निर्णयलाई सही सावित गर्दै नेपाली बलरहरुले स्कटल्याण्डको शीर्ष क्रम र तल्लो क्रमका ब्याटरलाई क्रिजमा टिक्न दिएनन्।

स्कटल्याण्डका मध्यक्रमका माइकल लिस्कले सर्वाधिक ४६ तथा म्याथ्यु क्रसले १५ रन र ब्राण्डन म्याकमुलनले १० रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रननै बनाएनन्।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभर बलिङगर्दा मात्रै ११ रन दिएर ४ विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ विकेट लिए। केसीले योसँगै टी-२० अन्तर्राष्ट्रियमा १०० रन पूरा गरेका छन्।

नेपालले जारी टी-२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा हार ब्यहोरेको थियो। स्कटल्याण्डले भने डच टोलीलाई हराएको थियो। नेपाल आजको खेलबाट सिरिजमा पहिलो जितको खोजीमा रहनेछ।

नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ।