केटीएम २५० ड्युकको मूल्य ४६ हजार घट्यो, ४०% डाउनपेमेन्टमा ३६ महिनाको किस्ता अफर



बिजमाण्डू
२०८२ असार १ गते ११:२० | Jun 15, 2025
केटीएम २५० ड्युकको मूल्य ४६ हजार घट्यो, ४०% डाउनपेमेन्टमा ३६ महिनाको किस्ता अफर

काठमाडौं। केटीएमको ड्युक २५० को मूल्य ४६ हजार रुपैयाँ घटेको छ। केटीएम बाइकको आधिकारिक विक्रेता हंशराज हुलासचंद एण्ड कम्पनीले उक्त बाइकको मूल्य ४६ हजार रुपैयाँ घटाएको हो।

Tata
GBIME
Nepal Life

यसअघि केटीएम ड्युक २५० बाइकको मूल्य ७ लाख ५९ हजार रुपैयाँ थियो। तर, कम्पनीले यसको मूल्य घटाएर ७ लाख १३ हजार रुपैयाँ कायम गरेको हो।

साथै, कम्पनीले ४० प्रतिशत डाउनपेमेन्टमा ३६ महिनासम्मको किस्तामा खरिद गर्न सकिने अफर पनि ल्याएको छ। त्यो पनि नागरिकताको भरमा बाइक खरिद गर्न सकिन्छ। यस्तै, कुनैपनि पुरानो बाइकसँग एक्सचेन्ज गर्दा १५ हजार अतिरिक्त भ्यालुएसन पनि पाइने भएको छ।

यसमा २४९.०७ सीसी (क्युबिक सेन्टिमिटर) क्षमताको इन्जिन छ।