काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई छुट उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ।
जिरीमा अवस्थित होटल यार्शासँगको यो अफर जिरी नगरको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गरिएको जनाइएको छ।
यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा कोठामा १५ प्रतिशत छुट पाउनेछन्। यस्तै, खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउनेछन्।
यो छुट अफरले जिरीमा ग्राहकहरुलाई गुणस्तरीय सेवा र सस्तो मूल्यमा होटल सेवा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।










