नर्थ समिट हाइड्रोले साढे ३८ लाख कित्ता आइपीओ जारी गर्ने, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक



बिजमाण्डू
२०८२ जेठ २३ गते १६:३५ | Jun 6, 2025
नर्थ समिट हाइड्रोले साढे ३८ लाख कित्ता आइपीओ जारी गर्ने, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं। नर्थ समिट हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३८ लाख ४० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो। प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले आइपीओ जारी गर्ने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आइपीओ जारी गर्ने प्रयोजनका लागि माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा दुई कम्पनीले शुक्रबार सम्झौता गरेका छन्।

माछापुच्छ्रे क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिट हाइड्रोका तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

नर्थ समिट हाइड्रोले लमजुङको मर्स्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदीखोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।