नबिल बैंकको डेपुटी प्रमुख कार्यकारीमा आदर्श बजगाइँको बढुवा, असार १ बाट लागू हुने

बिजमाण्डू
२०८२ जेठ २२ गते १२:१७ | Jun 5, 2025
नबिल बैंकको डेपुटी प्रमुख कार्यकारीमा आदर्श बजगाइँको बढुवा, असार १ बाट लागू हुने


काठमाडौं। नबिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आदर्श बजगाइँ बढुवा भएका छन्। उनलाई असार १ गतेदेखि लागु हुने गरी नायव महाप्रबन्धकबाट बढुवा गरिएको हो। 

Tata
GBIME

नबिल बैंकको पुनर्संरचनाको काम सुरु गर्ने क्रममा आदर्शलाई २०७६ कात्तिकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट भित्र्याइएको थियो। 

बजगाइँ चार्टर्डको ‘कोर व्यवस्थापन’ समूहमा थिए। उनले चार्टर्डबाटै करियर सुरु गरेका थिए।

चार्टर्डमा १६ वर्षभन्दा बढी समय बिताएपछि उनी पहिलो संयुक्त विदेशी लगानी भएको बैंक नबिलमा आबद्ध भएका थिए।

उनले चार्टर्डमा ‘इन्ट्री लेभल’ बाट करियर सुरु गरेका थिए। त्यहाँ उनले ऋण प्रवाह, जोखिम व्यवस्थापन, वित्त व्यवस्थापन लगायत विभागमा काम गरेका थिए। नबिलमा उनले वित्त, अन्तर्राष्ट्रिय व्यापार, ट्रेजरी, पुँजीबजार लगायत क्षेत्र हेरेका थिए।

नबिलमा अहिले सुजित शाक्य वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत छन्। डेपुटी प्रमुख कर्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे छन्।

उनले चार्टर्डको सिंगापुर, मलेसिया, थाइल्यान्डमा ‘ट्रेनी’ का रुपमा काम गरेका थिए। बैंकको बुधबारको सञ्चालक समिति बैठकले ६ वर्षपछि उनको बढुवा गरेको हो। बैंक सञ्चालक समितिको बिहीबारकै बैठकले प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवालीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो।