नेवानिको क्षमता विस्तार योजना, सक्षम अन्तर्राष्ट्रिय वायुसेवासँग साझेदारी गरिने

बिजमाण्डू
२०८२ जेठ १५ गते १७:२० | May 29, 2025
नेवानिको क्षमता विस्तार योजना, सक्षम अन्तर्राष्ट्रिय वायुसेवासँग साझेदारी गरिने


काठमाडौं। सरकारले आउँदो बजेटमा नेपाल वायुसेवा निगमको क्षमता विस्तारका लागि सक्षम अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग साझेदारी गर्ने योजना बनाएको छ।

Tata
GBIME

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त सदनमा आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै नेवानिको व्यवस्थापन सुधारमा सरकारले ध्यान दिने बताए। निगमको क्षमता विस्तार, गुणस्तर सुधार र व्यावसायिता विकास गर्न सार्वजनिक कम्पनीमा रुपान्तरण व्यवस्थापन, करार र सक्षम अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग रणनीतिक साझेदारी गरिने उनले उल्लेख गरे।

निगमसँग हाल आन्तरिक उडानका लागि २ वटा ट्विन अटर छन् भने अन्तर्राष्ट्रिय उडानका लागि एयरबस कम्पनीका दुई न्यारोबडी र दुई वाइडबडी गरी कुल ४ वटा जहाज छन्।

फितलो नेतृत्वका कारण निगमले आफूसँग भएको जहाजमार्फत चुस्त उडान सञ्चालन गर्न नसक्दा दिनप्रतिदिन घाटा बेहोर्दै गएको छ। जहाज खरिद गर्दा लिइएको ऋण वृद्धि भए अहिले निगमको ऋण आधा खर्ब रुपैयाँ भन्दा बढी छ।