काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ। केन्द्रका सचिव सरजुकुमार वैद्यले मंगलबार प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएका हुन्।
ओलीले केन्द्रका अधिकारीहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमितरुपमा रिपोर्टिङ गर्न निर्देशन दिए।
‘सतर्कता केन्द्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको निकाय हो। त्यसैले केन्द्रले आफ्ना काम निरमितरुपमा रिपोर्टिङ गर्नुपर्छ,’ उनले भने, ‘निर्देशन पालना गर्ने सवालमा पनि केन्द्र अझ सक्रिय हुन आवश्यक छ।’
केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन अनुगमन, छड्के जाँचलगायत काम गर्दै आएको छ।
अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने गरेको छ।











