काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले भेट गरेको छ।
नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा ईयूको प्रतिनिधिमण्डलले सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्य लगायत विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।
ओलीले राजदूतहरुसँग नेपालको अबको गन्तव्य स्थायित्व र समृद्धि भन्दै लगानी विस्तार गर्न आग्रह गरे ।
युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक सामाजिक विकासका प्रयासमा साथ दिंदै शिक्षा, पूूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग निरन्तर हुने आश्वासन दिए।











