काठमाडौं। सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य अगाडि बढाउन बाटो खोलिदिएको छ।
न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरी केवलकार निर्माणको बाटो खोलिदिएको हो।
पाथीभरामा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले चैत १३ गते सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो।
आइएमई समूहले पाथीभरामा केवलकार निर्माणको काम अघि बढाएकामा सर्वोच्चको यसअघिको आदेशका कारण रोकिएको थियो।










