सेयर बजार १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा, ८ अर्ब ७३ करोडको कारोबार



बिजमाण्डू
२०८२ बैशाख ३१ गते १५:३९ | May 14, 2025
सेयर बजार १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा, ८ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ। नेप्से परिसूचक बुधबार १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा आएको हो।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका विकास बैंक र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्। हाइड्रोपावरको सूचक सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ।

१८३ कम्पनीको सेयर मूल्य घटेको छ। गुँरास लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। ६२ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजारमा ८ अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। राधि विद्युत कम्पनीको सर्वाधिक ५९ करोड ३२ लाख रुपैयाँ र युनिभर्सल पावरको ५१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।