आलोचना बढेपछि लचिलो बन्यो विभाग, आयातित वस्तुमा आयातकर्ताले छुट्दै लेबल राख्नु नपर्ने



बिजमाण्डू
२०८२ बैशाख २२ गते १६:३२ | May 5, 2025
आलोचना बढेपछि लचिलो बन्यो विभाग, आयातित वस्तुमा आयातकर्ताले छुट्दै लेबल राख्नु नपर्ने

काठमाडौं। आयातित वस्तुको लेबललाई लिएर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग केही लचिलो बनेको छ।

Tata
GBIME
Nepal Life

बजार अनुगमनका नाममा जथाभावीरुपमा जरिवाना तिराएर व्यवसायीलाई दु:ख दिएको भन्दै आलोचना बढेपछि विभाग केही लचिलो बनेको हो।

विभागका अनुसार अब आयातित वस्तुमा आयातकर्ताले छुट्टै लेबल लगाउनु पर्ने छैन। विभागले आयात गरिएको वस्तुमा ऐनले तोकेको विवरण उत्पादकको लेबलमा उल्लेख भएको अवस्थामा आयातकर्ताले छट्टै लेबल लगाउनु नपर्ने बताएको छ।

विभागका अनुसार लेबलमा उल्लेखित एमआरपीभन्दा बढी नहुने गरी बिक्रेताले उत्पादक वा पैठारीकर्ताको लेबलको विवरण नछोपिने गरी बिक्री मूल्य तोक्न सक्ने छन्।

विभागले पछिल्लो समय स्वदेशी तथा आयातित वस्तुमा अनिवार्यरुपमा लेबल राख्न लगाइ नियमितरुपमा बजार अनुगमन गरी लेबल नभएको वस्तु बेच्ने फर्मलाई जरिवानासहित कारबाही गर्दै आएको छ।