एनआइसी एसिया बैंकको शाखा ताप्लेजुङको पुङलिङमा, देशभर २८३ वटा शाखा



बिजमाण्डू
२०७६ बैशाख ३० गते ११:३२ | May 13, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशिया बैंकले ताप्लेजुङको फुङलिङ नगरपालिकामा शाखा खोलेको छ। 

फुङलिङ नगरपालिकामा वडा नं ५ स्थित शाखाको उद्घाटन नगरपालिका प्रमुख छत्रपति प्याकुरेल र दमक उपप्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले संयुक्त रुपमा गरेका छन्।

अब बैंकको देशभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २५ वटा शाखारहित बैंकिङ ईकाई पुगेका छन्। बैंकका ग्राहक १६ लाख पुगेका छन्।