सुप्रिम हेल्थ केयरले आइपीओ निष्कासन गर्दै, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

बिजमाण्डू
२०८२ बैशाख १७ गते ११:०८ | Apr 30, 2025
सुप्रिम हेल्थ केयरले आइपीओ निष्कासन गर्दै, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक


काठमाडौं। सुप्रिम हेल्थ केयर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको १२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको जनाएको छ।

Tata
GBIME
NLIC

आइपीओ जारी गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सोमबार सुप्रिम हेल्थ केयरका कार्यकारी संचालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले आइपीओ निष्कासनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

विगत ६ वर्षदेखि लगातार नाफा कमाउन सफल यस कम्पनी विसं २०६६ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर संचालनमा आएको थियो। यसको केन्द्रीय कार्यालय बाराको परवानीपुरमा छ भने सम्पर्क कार्यालय काठमाडौंको गहनापोखरीमा छ।

कम्पनीको आफ्नै अनुसन्धान तथा विकास विभाग रहेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरिएको छ। यस कम्पनीले ट्याब्लेट, क्याप्सुल, क्रिम, लोसन र सोलुसन लगायतका ८५ भन्दा बढी उत्पादनहरू ३५ भन्दा बढी उपचारात्मक श्रेणीमा उत्पादन तथा वितरण गर्दै आइरहेको छ।